हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
हिमालयन बैंकले १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न आठ संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक सेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता श्रेष्ठको ७ लाख ५० हजार ३९४ कित्ता, नारायण श्रेष्ठको चार हजार कित्ता, प्रकाश तायलको ३ लाख आठ हजार ३४८ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९ कित्ता, ईश्वर लाल श्रेष्ठको १ लाख ५ हजार ८०४ कित्ता, नरेशविक्रम सिजापतीको २२ हजार ३१३ कित्ता र गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरहरुको बिक्री मूल्य भने बिक्रेताअनुसार फरकफरक रहेको बैंकले जनाएको छ । उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्रआवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ ।
प्रतिकृया दिनुहोस्