April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आज साताको कारोबारको तेस्रो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ६ अंकले घट्दै २ हजार १२ अंकमा झरेको नेप्से सूचक आज मंगलबार थप १.८५ अंकले घट्दै २ हजार १०.२१ अंकमा झरेको हो ।

Advertisement

तर, आज क वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.५३ अंकले बढ्दै ३५६.२० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

Advertisement

यसदिन ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको छ जुन कारोबार रकम सोमबारको तुलनामा कम हो । सोमबार बजारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर कारोबार भएको थियो ।

आज फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको ८.६४,विन नेपाल लघुवित्त वित्तीयको ६.९४ र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर ६.५० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा गोरखाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। सर्वोत्तम सिमेन्टको ९ करोड,तारागाउँ रिजेन्सीको ७ करोडको सेयर कारोबार भयो।