April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

नयाँ प्रशासकीय स्वरुप झल्कने गरी बजेट बनाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको सुझाव

नयाँ प्रशासकीय स्वरुप झल्कने गरी बजेट बनाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको सुझाव

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना पुरानो ढाँचाको भन्दा पनि नयाँ प्रशासकीय स्वरुप झल्कने
गरी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

Advertisement

मंगलवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा अध्यक्ष दाहालले योजनाहरु पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् ।

Advertisement

उनले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा संघीय संरचनालाई प्राथमिकतामा राखेर बनाउन सुझाव दिए । बैठकमा समितिका सदस्यहरुले बजेट उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्नेमा जोड दिए । बैठकमा अधिकांश सांसदहरुले राष्ट्रिय आवश्यकता र क्षमताको आधार बजेट बनाएर अर्थतन्त्रका समस्या समाधान हुनु पर्ने बताए ।

बैठकमा अर्थमन्त्रालयका सचिव डा.कृष्णहरी पुस्करले बजेट निर्माण गर्दा पहुँचका आधारमा योजना छनोट नहुने दाबी गरे । उनले अर्थमन्त्रालय विकासको आफै विज्ञ नभएको भन्दै विज्ञताका आधारमा मन्त्रालयले बजेट उपलब्धता गराउने स्पष्ट गरे ।

उनले आगामी वर्षको बजेट आमनिराशा चिरेर उत्साह जगाउँदै सरकारको प्रतिवद्धता अनुरुप आउने दाबी गरे ।