April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश सहित साधारण सभा आह्वान

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश सहित साधारण सभा आह्वान

सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत २० गतको दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

Advertisement

बैठकको निर्णयानुसार सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

Advertisement

सभा वि.सं २०८१ बैशाख १२ गते बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजे सुरु हुनेछ ।

पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । कम्पनीको सेयरधनी दर्ता किताब बन्द मिति अनुसार चैत २९ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई सेयरधनी दर्ता किताबमा नामसारी भई आएका सेयरधनीले मात्र सो सभामा भाग लिन तथा आर्थिक वर्ष २०७९–८० को नगद लाभांश पाउनेछन् ।