करचुक्ता प्रमाणपत्र अव अनलाइनबाटै
करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । आन्तरिक राजश्व विभागले करदाताका लागि यस्तो सुविधा अनलाइनबाटै लिनसक्ने व्यवस्था गरेको छ । यसरी आएको प्रमाणपत्रमा कर कार्यालयको छाप, पत्र संख्या र चलानी नम्बर भने नहुने आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ । लामो र झन्झटिलो प्रक्रियाको कारण नेपालको कर प्रणाली व्यवसाय मैत्री नभएको भन्दै अन्तराष्ट्रिय रेटिङ एजेन्सीले निष्कर्ष निकालिरहेका बेला सरकारले कर तिर्ने प्रक्रियालाई सहज बनाउँदै लिएको छ ।
डिजिटल प्रविधिबाट सहजीकरण गर्ने नीतिअनुसार तत्काल करदाताको लागि एक स्टेप सहज बनाइएइको छ । गत वर्षदेखि ठूला करदाता कार्यालयबाट यो सुविधा लागू गरिएको थियो । करका काम पूरा गर्न अहिले कर कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीहरुले सहज बनाउन माग गर्दै आएका छन् । करदाताले कर चुक्ता गरेपछि आन्तरिक राजश्व विभागको वेबसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गइ आफ्ने कर चुक्ता प्रमाणपत्रका लागि आवेदन दिन सक्ने छन् ।
प्रतिकृया दिनुहोस्