December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

लकडाउन खुकुलो भएसँगै इन्धनको खपत दोब्बर बढ्यो

लकडाउन खुकुलो भएसँगै इन्धनको खपत दोब्बर बढ्यो

२८ वैशाख, काठमाडौं ।
नेपाल सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालन गर्न खुकुलो बनाएपछि लामो समय देखि खपत हुन नसकेको पेट्रोलियम पदार्थको खपतमा बृद्धि भएको छ । लकडाउनका समय हाल तीस ट्याङकरमा पेट्रोल र एक सय ट्याङकरमा डिजेल डिपोमा राखिएको अवस्थामा इन्धनको विक्री बढेपछि यि ट्याडकरलाई खन्याएर अरु इन्धन ल्याउँन सकिने छ ।

लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेका अवस्थामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपाका प्रमुख प्रदीप यादबले बताउका छन् । लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । यादवका अनुसार लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुँदै आएको थियो । जुन लकडाउनले घटाएको समय आज खपत बढेको हो । थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा पाँच हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल चार हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ ।


त्यस्तै आठ हजार चार सय किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।

Advertisement