December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

कुमारी बैंकमा देवः विकास बिलय हुँदै, यस्तो छ कार्य तालिका

कुमारी बैंकमा देवः विकास बिलय हुँदै, यस्तो छ कार्य तालिका

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ । आगामी जेठ १९ गते बोलाइएको विशेष सभामा दुबै बैक मर्जन हुने भनिएको छ ।
विशेष साधारणसभाले देवः विकासलाई गाभ्ने समबन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तयारी गरेको छ । दुबै बैक १ः०.८६ को स्वाप अनुपातमा गाभिन तयार भएका हुन । यो भनेको कुमारीको ०.८६ बराबर देबःको एक कित्ता हुने छ ।
बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सभामा कुमारी बैंकमा विलय हुने प्रस्तावसंगै गत आर्थिक वर्षको लाभांश पारित हुने छ । कम्पनीले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । देवः विकासले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Advertisement