May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

५० दिनपछि खुल्यो शेयर बजारः सबै समुह रातो देखियो

५० दिनपछि खुल्यो शेयर बजारः सबै समुह रातो देखियो


काठमाडौँ ।
लकडाउनका कारण बन्द भएको धितोपत्र बजार ५० दिनपछि खुलेको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएसँगै आजबाट बजार खुल्ला भएको हो । बजार खुल्ला भएपनिछ पहिलो चोटिनै सबै इन्डेक्स रातो देखिएको छ । लगानीकर्ताको निरन्तरको दबाबपछि खुलेको बजारमा कारोबार रकम पनि कम छ । कमाउने कम्पनी साढे ११ बजेसम्म छैनन । अधिकांस समूहका सेयर कारोबार भएका छन् । जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन् । अन्य उपसूचकहरु पनि रातो देखिएका छन् ।

Advertisement