बुधबार पनि सेयर बजारमा सर्किट ब्रेकर, ४० मिनेटमै कारोबार बन्द
बुधबार सेयर बजार परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको छ । आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको हो ।
नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शुन्य एक प्रतिशतले घटेको छ । यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाा बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएका ११ वटै समूहका सूचकहरु घटेका छन् ।
यस्तै कारोबार भएका सबै कम्पनीको सेयर मूल्य पनि घटेको छ । सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयााको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका सेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।
प्रतिकृया दिनुहोस्