May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने नीति तथा कार्यक्रमबाट घोषणा

वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने नीति तथा कार्यक्रमबाट घोषणा


२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने भएको छ । पूर्व–पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । नीति तथा कार्यक्रममा पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा–खण्डको निर्माणको काम प्रारम्भ गरिने छ ।

Advertisement