May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

सुविधा सम्पन्न होटलहरूलाई क्वारेन्टाइन र आइसोलेसन बनाउन माग

सुविधा सम्पन्न होटलहरूलाई क्वारेन्टाइन र आइसोलेसन बनाउन माग


विश्वब्यापी कोरोना संक्रमणको अवस्थामा उपचार क्षेत्रको कमी भएको सय सम्भावित कोरोना संक्रमित व्यक्तिलाई राख्न तथा विदेशबाट फर्किएका नेपालीलाई राख्न ठूला होटललाई क्वारेन्टाइन र आइसोलेसन बनाउन सांसदले माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सुविधा सम्पन्न होटलहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाउनुपर्ने माग पेस गरेका छन् । सुविधा सम्पन्न होटललाई आइसोलेसन बनाउँदा चकमन्न भएको होटल ब्यावसाय पनि माथि उठने र त्रिपालमा मुनी आइसोलेसन भन्दौ बस्नु पर्ने कठिनाइबाट पनि पार पाउन सकिने उनको भनाई छ ।

Advertisement