औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको लिखित प्रतियोगितात्मक परीक्षाकाको नतिजा सार्वजनिक
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको लागि लोक सेवा आयोगबाट सञ्चालन गरिएको लिखित प्रतियोगितात्मक परीक्षामाको नतिजा सार्वजनिक गरिएको छ । पास भएका उम्मेदवारका लागि अन्तरवार्ताको मिति तय गरिएको छ ।
छनोट भएका उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण परीक्षा र अन्तर्वार्ताको मिति समेत तय भएको लिमिटेडले जनाएको छ ।
अन्तर्वार्ता दिन आउँदा हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरूको सक्कल सहित २ –२ प्रति प्रतिलिपि, दरखास्त फाराम २–२ प्रति भरी प्रवेश पत्र लिई तोकिएको समय भन्दा एक घण्टा अगावै उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्