November 3, 2024, Sunday
१८ कार्तिक २०८१, आईतवार

असर्फी बिक्री गर्दे राष्ट्र बैंकले, कति छ बजार मूल्य ?

असर्फी बिक्री गर्दे राष्ट्र बैंकले, कति छ बजार मूल्य ?

नेपाल राष्ट्र बैंकले आज असर्फी बिक्री गरिरहेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा बिक्री खुला गरेको छ । ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन् ।

महाशाखाले गत कात्तिक ११ गतेदेखि चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरेको थियो । भोलि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन महाशाखाबाट किन्न पाइन्छ । सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ । सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुनको सिक्काको मूल्य आजको सुनको बजार मूल्यका आधारमा निर्धारण गरिएको छ । एउटा व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिई बिक्री भइरहेको छ ।

त्यस्तै, १० तथा २५ ग्रामको चाँदीको सिक्का भने हिजोदेखि विक्री सुरु भएको छ । यसको मूल्य तैल र डिजाइन अनुसार २२०० रुपैयाँदेखि ८५७५ रुपैयाँसम्म तोकिएको छ ।

Advertisement