February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

ऊर्जा क्षेत्रमा बैंक, वित्तको लगानी बढाउन इप्पानले गर्यो माग

ऊर्जा क्षेत्रमा बैंक, वित्तको लगानी बढाउन इप्पानले गर्यो माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग गरेको छ । यही पुस १६ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्ययोजनाको स्वागत गर्दै इप्पानले वित्तीय क्षेत्रले ऋण लगानी बढाउनुपर्नेमा जोड दिएको हो।

Advertisement

इप्पानका अध्यक्ष गणेश कार्कीले मार्गचित्र कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाले हरेक वर्ष दुई प्रतिशतका दरले ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउँदै १० वर्षभित्र २० प्रतिशत पु¥याउनुपर्नेमा जोड दिएका हुन् । ‘ऊर्जा विकासमा सरकारले लक्ष्य निर्धारण गरेर विद्यमान अवरोधहरूको पहिचान गरी सोको निराकरणका लागि आवश्यक कानूनमा संशोधन, स्रोतको सुनिश्चितताका स्रोत पहिचान गरी ल्याइएको मार्गचित्र ऊर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक छ,’ उनले भने, ‘यो मार्गचित्र कार्यान्वयन भएमा निर्माण आयोजना अवधिमा सरकारले भ्याटबापत मात्रै रू. तीन खर्ब ७५ अर्ब, रोयल्टीबापत वार्षिक रू. दुई अर्ब ५० करोड र राजस्वबापत रू. ८८ अर्ब प्राप्त गर्नेछ भने आयोजना निर्माणमा प्रतिवर्ष सात लाख ५० हजारले रोजगारी पाउनेछन् ।’ साथै, आयोजना सञ्चालन अवधिभर एक लाख ५० हजारले रोजगारी पाउने उनको भनाइ छ ।

Advertisement

उनका अनुसार ऊर्जा उत्पादन शुरू गरेको साढे दुई दशकमै निजीक्षेत्रबाट मात्र हालसम्म दुई हजार सात सय ४० मेगावाट बराबरका एक सय ९० आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने चार हजार ६३ मेगावाट बराबरका एक सय ४१ आयोजना निर्माणाधीन र चार हजार तीन सय ६३ मेगावाटा बराबरका एक सय ४१ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग खरीद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन् ।

यसैगरी सर्वेक्षण कार्य सम्पन्न गरेर नेपाल विद्युत् प्राधिकरणमा पिपिएका आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि आठ हजार मेगावाटभन्दा बढी निजीक्षेत्रको रहेको कार्कीको भनाइ छ । उनका अनुसार निर्माणको अनुमतिपत्र प्राप्तिका लागि लागि विद्युत् विकास विभागमा आवेदन दिएका १० हजार ७०० रहेका छन् । यी सबै आयोजनामा निजीक्षेत्रका तर्फबाट अहिलेसम्म रू. १३ खर्ब लगानी भइसकेको छ भने आगामी १० वर्षमा ३० खर्बभन्दा बढी लगानी आवश्यक रहेको उनको भनाइ छ ।

आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ कार्ययोजनाको स्वागत गर्दै इप्पानले वित्तीय क्षेत्रले ऋण लगानी बढाउनुपर्नेमा जोड दिएको हो ।