बैंकहरूको नाफा औसत ४.६२ प्रतिशतले घट्यो
बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा औसत ४.६२ प्रतिशत घटेको छ । नाफा घट्दा बैंकहरुको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ ।
सेयर संख्या स्थिर रहेको अवस्थामा नाफा बढेमा प्रतिसेयर आम्दानी बढ्ने र घटेमा घट्ने हुन्छ । सेयर लगानीकर्ताका लागि कम्पनीको नाफाभन्दा प्रतिसेयर आम्दानी महत्वपूर्ण हुन्छ । प्रतिसेयर आम्दानीकै आधारमा लगानीको प्रतिफल अनुमान गर्न सकिन्छ ।
लगानीमा एक कित्ता सेयरले गरेको आम्दानीलाई प्रतिसेयर आम्दानी (ईपीएस) ले जनाउँछ । प्रतिसेयर आम्दानीलाई नाफाले मात्रै नभई कम्पनीले जारी गरेको सेयर संख्याले प्रभाव पार्छ ।
तसर्थ नाफा धेरै हुँदैमा कम्पनीको प्रतिसेयर आम्दानी धेरै नहुन सक्छ भने नाफा न्यून हुँदैमा कम्पनीको प्रतिसेयर आम्दानी न्युन नहुन सक्छ । वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा नबिल र ग्लोबल आईएमईले कमाए पनि प्रतिसेयर आम्दानीका आधारमा भने स्टान्डर्ड चार्टर्ड र एभरेस्ट सबैभन्दा माथि छन् ।
ती दुबै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ । बजारमा पनि यी दुई बैंकको मूल्य सेक्टरकै सबैभन्दा धेरै छ । सोमबार बजार बन्द हुँदा स्टान्डर्डको मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ तथा एभरेस्टको ५९५ रुपैयाँ छ ।
प्रतिकृया दिनुहोस्