February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

एनएमबि हाइब्रिड फन्ड एल–२ माघ २४ गतेदेखि बिक्री गर्ने

एनएमबि हाइब्रिड फन्ड एल–२ माघ २४ गतेदेखि बिक्री गर्ने

एमएमबि क्यापिटलले माघ २४ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुनेछ ।

Advertisement

जसमध्ये कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरको लागि सार्वजनिक निष्कासन हुनेछ ।

Advertisement

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

एमएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । यसको अवधि १० वर्ष रहेको छ ।