February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगित

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगित

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको निक्षेप भुक्तानीको कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले निक्षेप भुक्तानी कार्य स्थगित भएको जानकारी दिए ।

Advertisement

यस बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ ।

Advertisement

प्राथमिकताको आधारमा बैंकमा क्रमशः निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भइरहेको थियो । मंगलवारदेखि शुक्रवारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको उनले जानकारी दिए ।

हाल तरलता व्यवस्थापनको कार्य भइरहेको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने समेत उनले जानकारी दिए ।

निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई यस समूहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने उनले बताए