February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सवारी चालक अनुमती पत्रमा क्यूआर अनिवार्य

सवारी चालक अनुमती पत्रमा क्यूआर अनिवार्य

सरकारले सवारी लाइसेन्स क्यूआर कोडसहितको दिनुपर्ने व्यवस्थालाई राजपत्रमा प्रकाशित गरेको छ । लाइसेन्स वाहकको अवस्था जानकारी लिन सजिलो हुने र त्यसबाट दूर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वासका साथ सवारी चालक अनमती पत्रमा क्यूआर कोड अनिवार्य गरेको हो ।

Advertisement

मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था नियमावलीको दशौँ संशोधन गर्दै क्यूआर कोडलाई मान्यता दिएको थियो । त्यसैअनुरुप सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अब इलेक्ट्रिोनिक स्मार्ट कार्ड वा क्यूआर कोड सहितको कार्ड दिने व्यवस्था गरिएको हो ।

Advertisement

यसअघि नियमावलीको तेस्रो संशोधनले नियम २० (क)को व्यवस्था थप गर्दै विद्युतीय परिचयपत्रको रुपमा दिनुपर्ने व्यवस्था गरेको थियो। जसअनुसार विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड)को रुपमा दिनुपर्ने व्यवस्था छ।

अहिले त्यही व्यवस्थालाई संशोधन गर्दै चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र इलेक्ट्रोनिक स्मार्ट कार्ड वा क्यूआर कोडसहितको कार्डको रुपमा दिनुपर्ने व्यवस्था गरेको छ।

सरकारले विश्व वैंकको तीन अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगमा २०७२ मङ्सिरदेखि स्मार्ट लाइसन्स वितरण सुरु गरेको थियो । तर, अहिलेसम्म पनि चालक अनुमति परीक्षा उत्तीर्ण गरेर स्मार्ट लाइसन्स पाउन एक वर्ष लाग्छ ।

स्मार्ट लाइसेन्सको छपाई र वितरणको कामलाई सहजरुपमा गर्न नसकेको सरकारले अबको केही समयभित्रै फेरि नयाँ खालको लाइसेन्स वितरण गर्नु झनै जटिल हुने देखिएको छ ।