हिमालयन बैंकले यस पटक सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
विगतमा सेयरधनीलाई राम्रो लाभांश वितरण गर्दै आएको बैंकले यस पटक भने लाभांश वितरण नर्गने भएको छ । गत आर्थिक वर्ष ११.११ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्थै २०७८÷७९ मा ४.६२ प्रतिशत नगद र २१.३८ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै २०७७÷७८ मा ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।


