कुमारी बैंक अवकाश कोषले ७८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कोषले असार मसान्तसम्म सञ्चित बचतबाट उक्त लाभांश वितरण गर्ने भएको हो ।
उक्त कोषमा सहभागी कर्मचारीलाई सो अवधिको सञ्चित अवकाश कोषमा रहेकोे औसत मौज्दातको १ प्रतिशत लाभांशले हुन आउने ४ करोड १७ लाख १४ हजार आठ सय ३५ रुपैयाँ बचतकर्ताकै अवकाश कोष खातामा जम्मा हुने गरी वितरण गरिएको वितरण गरिएको छ ।
कुमारी बैंक लिमिटेड अन्तर्गत छुट्टै युनिटको रूपमा सञ्चालित ‘कुमारी बैंक अवकाश कोष’ले आफ्ना शाखा र विस्तारित काउन्टरमार्फत विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । यो कोषले सञ्चय कोष, अवकाश कोष, उत्पादन कोष, सञ्चित बिदा कोषलगायत अन्य कोषहरूको खाता खोल्ने, सञ्चित बचतको ८५ प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीको सञ्चित कोष रकम फिर्ता भुक्तानी दिनेजस्ता कार्यहरू गर्दै आइरहेको छ ।
उक्त कोषले विगतका वर्षमा पनि आफ्नो सञ्चित बचत रकमबाट बचतकर्तालाई लाभांश वितरण गर्दै आएको छ । जसमा निःशुल्क औषधीउपचार बिमा , सुत्केरी तथा शिशु हेरचाह खर्च रहेका छन् ।


