Banijya News

चन्द्रागिरी हिल्सका शेयरधनीको यस वर्ष पनि हात खाली

1
1.1K Shares

चन्द्रागिरी हिल्सका शेयरधनीको यस वर्ष पनि हात खाली हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले यस वर्ष पनि शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश १४ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले पुस २४ गते चन्द्रागिरी हिल्सको कार्यालयमा सभा बोलाएको छ । सभामा लेखापरिक्षक नियुक्त गर्ने तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब सहितको लेखापरिक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव राखेको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ। पुस १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउने छन्।

1

Scroll to Top