Banijya News

सुनको मूल्य हालसम्मकै उच्च

1
1.1K Shares

 

आज बिहीबारको दिन सुनको मूल्य हालसम्मकै उच्च हुदैं ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ ।

बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । आज तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

 

1

Scroll to Top