एकै महिनामा वीस अर्ब ऋण बोक्छन् नेपाली
१३ कार्तिक, काठमाडौं –
‘अभागी खप्पर, जहाँ गएनी ठक्करै ठक्कर’, भनेझै नेपालीको खप्परमा ठक्कर लाग्ने क्रम झन् बढेको छ । ऋणमा चुरुलुम्म डुबेका नेपाली झन् निस्कनै नसक्ने गरी डुवेका छन् । नेपालीको थाप्लोमा एकै महिनामा २० अर्ब ऋणभार थपिएको छ । असार मसान्तसम्म १० खर्ब ४७ अर्ब ८ करोड रहेको ऋण साउनमा बढेर १० खर्ब ६६ अर्ब ४५ करोड पुगेको हो ।
खुद वैदेशिक ऋणको हिस्सा ६ खर्ब १३ अर्ब २२ करोड ६ भने आन्तरिक ऋणको हिस्ता ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ छ । साउनमा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको बाह्य ऋण लिएको छ । साउनमा आन्तरिक ऋण भने परिचालन नगरेको अर्थ मन्त्रालयका प्रबक्ता उत्तर कुमार खत्रीले बताउँनु भयो । यो वृद्धिसँगै नेपालीको टाउकोमा जन्मिदै ३६ हजार ५०९ रुपैयाँ ऋणभार परेको छ । सात महिनामै ऋणभार ४ हजार ४०१ रुपैयाँले बढेको छ । गत वर्षको पुससम्म नेपालीको टाउकोमा ३२ हजार १०८ रुपैयाँ ऋण थियो । केन्द्रीय तथ्यांक विभागको सन् २०१८ को तथ्यांकअनुसार नेपालको अनुमानित जनसंख्या २ करोड ९२ लाख १० हजार ११८ छ ।
प्रतिकृया दिनुहोस्