अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १६९ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
नेपाली बजारमा सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ १५ रुपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


