April 21, 2025, Monday
[nepali_today_date]

चार अर्ब भन्दा बढी नयाँ नोट छाप्दै राष्ट्र बैंक

१४ कार्तिक, काठमाडौं –नेपाल राष्ट्र बैंकले झण्डै ५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने निर्णय गर्दे टेण्डर गरेको छ । राष्ट्र बैंकले २० रुपैयाँ दरका ४ अर्ब ८० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि ग्लोबल टेण्डरको आव्हान गरेको छ । राष्ट्र बैंकले नोटको डिजाइन, छपाई तथा आपूर्तिको समेत काम गर्नका लागि टेण्डर आव्हान गरेको हो ।
शनिवार प्रकाशित गरेको सूचना अनुसार नोट छपाई गर्न इच्छुकले १० डिसेम्बर २०१९ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । बैंकले सोही दिन बोलपत्र खोलिने समेत जनाएको छ । बैंकले नोट छपाइको जिममा पाउने कम्पनीले २०२० को मे ७ सम्ममा नोट छापिसक्नुपर्नेे छ ।

Advertisement