Banijya News

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

1
1.1K Shares

 

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५०५ रुपैयाँ पुगेको छ ।

 

1

Scroll to Top