Banijya News

काठमाडौँमा सीएनआईको आयोजनामा एक दिने स्टार्टअप फेष्ट हुँने

1
1.1K Shares

काठमाडौंमा स्टार्टअप फेस्ट हुने भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चले यसको आयोजना गर्नलागेको हो । देशकै सबैभन्दा ठूलो स्टार्टअप अभियान सीएनआईवाईईएफ स्टार्टअप फेस्ट आगामी पुस ७ गते काठमाडौंमा हुने भएको छ । सरकार, उद्योग मन्त्रालय, राष्ट्रिय वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईईएफ स्टार्टअप फेस्ट हुनलागेको हो ।

नेपालमा स्टार्टअपलाई अभियानकै रुपमा अघि बढाउने तथा नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस उक्त फेस्टमा हुनेछ ।
पुँजी लगानीका लागि टेलि भेन्चर, एनआईएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लसभेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्विटी फन्ड, अध्यान्ता फन्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता जनाइसकेको सीएनआईले जनाएको छ । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध कम्पनीहरुको प्रदर्शनी तथा स्टार्टअपले आफ्ना वस्तुत तथा सेवाको प्रदर्शन पनि गर्नेछन् ।

फेस्टमा नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिने जनाइएको छ । फेस्टमा २ सय ५० भन्दा बढी स्टार्टअपहरुले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेको सीएनआईले जनाएको छ । तीमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअपहरुलाई फेस्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । त्यसको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानी प्रतिबद्धता जनाई आशयपत्रमा हस्ताक्षर गर्नेछन् ।

फेस्टमा स्वदेशी तथा विदेशी विज्ञले पनि प्रस्तुति दिनेछन्। यसका लागि प्यानल डिस्कसन राखिएको सीएनआईले जनाएको छ। फेस्टमा स्टार्टअपहरुले लाइभ पिचिङ गर्नेछन् भने रोबोटिक फुटबल, रोबोवार, लाइभ म्युजिकल कन्सर्ट समेत हुनेछन् ।
फेस्टको शीर्ष प्रायोजक नबिल बैंक रहेको छ। यसबाहेक आरएमसी ग्रुप, एईसीसी ग्लोबल नेपाल, यामाहा, सेरेस ईभी, आईएमई पे, बोट लाइफस्टाइल बडवेइजर, टर्किश एयरलाइनको पनि प्रायोजना रहेको छ। भारतीय राजदूतावास, यूएसएआईडी, आईएलओ, युरोपेली संघलगायतका विकास साझेदारले पनि फेस्टमा सहयोग गरेका छन्।

1

Scroll to Top