Banijya News

राष्ट्र बैंकले १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने भएको छ । २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि बैंकले कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।

एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ ।

केन्द्रिय बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, ख वर्गका विकास बैंकहरुमा २८ करोड ६६ लाख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत ८ गते राति १२ बजेसम्म निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।

1

Scroll to Top