Banijya News

पिपुल्स हाइड्रोले २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने, पारित गर्न डाक्यो साधारण सभा

1
1.1K Shares

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

सभा चैत ३० गते शुक्रबार, क्वालिटि बैकेट, बुद्धनगर, काठमाण्डौंमा बिहान ११ बजे सुरु हुने छ । सभाले हकप्रद सेयर जारी गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, सभाले वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र शेयर पूँजीमा भएको परिवर्तन अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ । यसैगरी, सभाले आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण संस्थापक शेयरधनी तर्फका ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

1

Scroll to Top