छोटिदै चीनसँगको सडक दुरी, एक बर्षमा तीन कोरिडोर तयार हुने
२० कात्तिक २०७६ काठमडौं –
नेपालको चीनसँगको सडक दुरी छोटिदै गएको छ । नेपाल हुँदै भारत र चीनलाई जोड्ने तीन सडक सञ्जाललाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै राष्ट्रिय गौरवका योजनाका रूपमा राखेर काम गर्दा चीनसँगको सडक दुरी छोटिएर गएको छ । कालीगण्डकी कोरिडोरबाहेक अन्यत्रका मार्गमा नेपालले आफ्नै लगानीमा निर्माणकार्य अघि बढाइरहेको छ ।
कर्णाली कोरिडोर
नेपाल हुँदै भारत र चीनलाई जोड्ने भनिएका तीनवटा कोरिडोरमध्ये यो सबैभन्दा लामो करिडोर हो । कर्णाली कोरिडोरमा निर्माण हुने सडकको लम्बाइ ६८२ किलोमिटर हुनेछ । बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म यो कोरिडोरले जोडिने छ । कर्णली कोरिडोर निमार्ण हुन अव २२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । जुन एक बार्ष भित्रमा जोडिने पक्का छ ।
कालीगण्डकी कोरिडोर
कालिगण्डकी कोरिडोरको लम्बाइ ४३५ किलोमिटर छ । यसले नेपालको नवलपरासीसँग जोडिने भारतीय सीमानाकालाई उत्तरतर्फ कोरलामा चीनलाई जोड्छ । कोरिडोर सडक नवलपरासीको गैँडाकोटदेखि पाल्पा, बाग्लुङ, मुस्ताङ हुँदै कोरलासम्म पुग्छ । कालीगण्डकी कोरिडोरको राम्दी–रिरी खण्डको राम्दीनजिकै चट्टानी क्षेत्रमा मात्रै ट्र्याक खोल्न बाँकी रहेको छ । अन्य क्षेत्रमा सडकलाई चौडा गर्ने र कालोपत्रे गर्ने काम पनि भइरहेका छ । यो कोरिडोरको निमार्ण कार्य पनि एक बाषर््ा भित्रमा सम्पन्न हुने पक्का छ ।
कोशी कोरिडोर
कोशी कोरिडोर सडकको लम्बाइ ३४० किलोमिटर छ । यो मोरङको नेपाल–भारत सीमानाका जोगबनीदेखि धरान, धनकुटा, तेह्रथुम, सङ्खुवासभाको सदरमुकाम खाँदबारी हुँदै चिनियाँ सीमानाका किमाथाङ्कासम्म जोडिन्छ । हाल उक्त सडकको १४ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सडक विभागअन्तर्गतको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार गर्ने योजना नेपाल सरकारको छ । उक्त क्षेत्रमा चट्टानी भूभाग रहेकाले ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ । नेपाली सेनाले यो सडक निर्माको जिम्मा पाएपछि अवको एक बार्षमा ने सडक निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
प्रतिकृया दिनुहोस्