April 21, 2025, Monday
[nepali_today_date]

मास प्रिन्टरको प्रयोगले अव एकैदिनमा स्मार्ट लाइसेन्स पाइने

मास प्रिन्टरको प्रयोगले अव एकैदिनमा स्मार्ट लाइसेन्स पाइने

२० कात्तिक २०७६, काठमाडौं –
अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यातायात व्यवस्था विभागले मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा ल्याएर यस्को समाधान गर्ने भएको छ ।
प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’ अबको केही दिनभित्रै सञ्चालनमा ल्याइने र एकै दिनमा नै लाइसन दिने ब्यावस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ ।

अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उहाँले बताउनुभयो । परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरुपमा सञ्चालन गर्दे एकै दिनमा कार्ड वितरण गर्ने योजना विभागले बनाएको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले रु १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको छ । यसले गर्दा पनि विभाग स्मार्ट काडको लागि नयाँ मेसिन प्रयोग ल्याएहो हो ।

Advertisement