April 30, 2025, Wednesday
[nepali_today_date]

कृषि कामदार लैजान जापानी टोली नेपालमा

कृषि कामदार लैजान जापानी टोली नेपालमा

जापानले दोस्रो चरणअन्र्तगत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने नीति अनुरुप जापानी टोली नेपाल आएको छ । जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको टोली नेपालको अध्यानको लागि नेपाल आएको हो । जपान नेपालबाट कृषि, मत्स्य तथा खाद्य क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको छ । यो टोलीले कृषि कामदार लैजानको लागि नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भेट गरी आपसी छलफल गरेको छ ।
छलफलको क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा छलफल गरेको छ ।
जापानले नेपालसहित नौ मुलुकबाट कामदार लैजान प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा नर्सिङ केयर गिभरका लागि हालै भाषा परीक्षा सञ्चालन भएको छ । आउँदो डिसेम्बरभित्र भाषा र सीप परीक्षण पूरा गरेर नेपाली कामदार छनोट गर्ने जापानको तयारी छ । जापान भाषा परीक्षाका लागि विद्युतीय लक्की ड्रमार्फत एक हजार परीक्षार्थी छानिएका थिए । ती मध्ये भाषा परीक्षामा उत्कृष्ट हुने मात्रै जापान जान पाउने छन् ।

छलफलका क्रममा नेपाल र जापानबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै नीजि क्षेत्रबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको थियो ।

Advertisement