बंगलादेशका राष्ट्रपति आज आउँदै दुबैदेश उपक्षेत्रीय आर्थिक सहकार्यमा केन्द्रित
काठमाडौं , बंगलादेशबाट पहिलोपटक राष्ट्रप्रमुखको औपचारिक भ्रमण आज हुदैछ । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको मंगलबारदेखि हुने चार दिने नेपाल भ्रमणमा आउँने भएपछि नेपाल र बंगलादेश विच के कस्ता विषयमा छलफल हुनेहुने सबैको चासकोे विषय भएको छ । द्विपक्षीय तथा उपक्षेत्रीय आर्थिक सहकार्यको सशक्तीकरणरमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा दुबैदेशको छ । दुई मुलुकबीच ऊर्जा सहायता सम्झौता अघि बढाउन दुवै देशलाई लाभको अवस्था सिर्जना हुने खालको सम्झौतामा हस्ताक्षर गर्ने नीति दुबै देशले लिएका छन् । नेपाल र बंगलादेशबीच व्यापारका अतिरिक्त ऊर्जा, पर्यटन, लगानी, पारवहनका क्षेत्रमा सहकार्य गर्ने प्रयास भइरहेको छ । नेपाल र बंगलादेशले भारतसँग मिलेर ऊर्जा व्यापार, पारवहन तथा ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमार्फत उपक्षेत्रीय सहकार्यलाई अघि बढाउन सक्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, ढाका–काठमाडौं बस सेवा सञ्चालन गर्न भएको पत्र आदानप्रदान (लेटर अफ एक्स्चेन्ज) लाई कार्यान्वयनमा लैजान बंगलादेशी राष्ट्रपति हमिदको भ्रमणका क्रममा सम्झौता हुने तय भएको छ । लामो समयदेखि थाती रहेको नेपाल र बंगलादेशबीचको दोहोरो कर उन्मुक्तिको सम्झौता हालै सम्पन्न भएको छ । दुवै देशबीच यसै महिनाको पहिलो साता सम्पन्न व्यापारवार्तामा द्विपक्षीय हितमा व्यापार सम्झौता, पारवहन र मल्टिमोडल कनेक्टिभिटी अघि बढाउने सहमति भएको छ ।
तयारी पोसाक निर्यातमा विश्वबजारमा प्रतिस्पर्धी देखिएको बंगलादेश चीनपछि विश्व बजारमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने राष्ट्र हो । बंगलादेशको अर्थतन्त्रको सबैभन्दा सशक्त तयारी पोसाक उद्योगले वार्षिक ३० अर्ब अमेरिकी डलरको निर्यात गर्दै आएको छ । यसको नेपालमा सम्भावना पनि खोजिन थालेकोमा अव मुर्त रुप दिने तयारी गरेको छ । नेपाल र भारत तथा भारत र बंगलादेशबीचको द्विपक्षीय बैठकमा तीन देशबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्ने सम्बन्धमा छलफल अघि बढेको छ । नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन पूर्वाधारले बंगलादेशसम्म नेपालको विद्युत् व्यापार सम्भव हुने भएको हो । भारत र बंगलादेशबीच पनि यसअघि देखि नै ऊर्जा व्यापार हुँदै आएको छ ।
दुई वर्षअघि भएको भारत भ्रमणका क्रममा नेपालमा माथिल्लो कर्णालीको विकासकर्ता जीएमआर इनर्जी इण्डिया र बंगलादेशको ‘पावर डेभलपमेन्ट बोर्ड’ बीच विद्युत् खरिद सहमति भएको छ । बंगलादेशी राष्ट्रप्रमुखको भ्रमणअघि नेपाल र बंगलादेशबीच सघन आर्थिक सहकार्यका लागि महत्त्तपूर्ण सम्झौता भएका छन् । नेपाल र बंगलादेशका ऊर्जा मन्त्रीले गत वर्ष साउनमा ऊर्जा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । यसबारेमा समेत दुबैदेशका प्रतिनिधी विच छलफल हुने छ । किनकी बंगलादेशमा अहिले विद्युत्को उत्पादन १६,००० मेगावाट रहेको छ । सन् २०३० सम्म ३४,००० मेगावाट विद्युत् माग हुने प्रक्षेपण छ । बंगलादेश नेपालले जलविद्युत् उत्पादन गरेर बंगलादेशलाई समेत बेचेस भन्ने चाहेको छ ।
प्रतिकृया दिनुहोस्