Banijya News

धितोमा राखिएको सुन फिर्ता माग गर्दै आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकका ऋणी

1
1.0K Shares

राष्ट्रिय वाणिज्य बैंकमा धितोमा राखिएको सुन फिर्ताको माग गर्दै ऋणीहरुआन्दोलनको मैदानमा उत्रिएका छन । ऋणीहरुले भदौ २४ गते को जेन्जी आन्दोलनका क्रममा बैंकबाट लुटिएको भनिएको सुन फिर्ता माग्दै आन्दोलनमा आएका हुन ।

सोमबार बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आन्दोलन गर्न पुगेका ऋणीहरुले बैंक घेराउसमेत गरेका थिए । सोही क्रममा बैंकको गेटमै परिचालन गरिएका प्रहरी र आन्दोलनरत ऋणीहरुबीच धकेलाधकेल समेत भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकमा सुन फिर्ताको माग गर्दै ऋणीहरुले आन्दोलन गरेका छन् ।
ऋणीहरुले आफूहरुले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै पाउनुपर्ने अडान लिएका छन् । बैंकले लुटिएकै मिति (भदौ २४ गते) को मूल्य अनुसार पैसा दिने भनेपछि ऋणीहरु झन् आक्रोशित बनेका छन् ।

उनीहरुले बैंकमा धितोमा राखिएको सुनको सुरक्षा गर्ने जिम्मा बैंककै भएको र बैंकमा राखिएको सुन लुटिनुमा आफूहरुको दोष नभएको भन्दै आफूहरुले राखेको सुनको साटो सुन नै पाउनुपर्ने नत्र आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

1

Scroll to Top