नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुुई हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज प्रतितोला चार हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।


