Banijya News

बुद्धभूमि हाइड्रोपावरको वार्षिक साधारणसभा आह्‌वान

1
1.0K Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारणसभा आह्‌वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा आयोजना हुने सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेस गरिनेछ । यस्तै, नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

1

Scroll to Top