Banijya News

सामसङको दशैं धमाका : एनसेल ग्राहकलाई टिभि, फ्रिज र वासिङ मेसिनमा विशेष छुट

1
1.0K Shares

सामसङ नेपालले एनसेलसँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन् । यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ ।

यस सहकार्यले सामसङको चाडपर्वको अफर ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा !’ लाई अझै आकर्षक बनाएको छ । यसले एनसेलका ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ ।

यो अफर लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अप्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन् । एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन् । त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्छन् । यो अफर ८ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ । सर्त तथा नियमहरू लागू हुने बताइएको छ ।

1

Scroll to Top