Banijya News

पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने

1
1.0K Shares

पिपुल्स इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतसम्म शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत उक्त परिमाणमा शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको २०८३ असोज २७ गते बसेको बैठकले दसौं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । सभा आगामी मंसिर १८ गते बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बस्नेछ ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीको शेयर पुँजी वृद्धि गर्ने तथा जारी पुँजीको २० प्रतिशतसम्म आईपीओ निष्कासन गरी त्यसबाट प्राप्त रकम उपयोग गर्ने विषयमा छलफल हुनेछ । यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितको वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

साथै, कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश छ ।

1

Scroll to Top