लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
असोज २७ गते बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले उक्त नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुने जनाएको छ ।
सीईओ नियुक्त भएका भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए ।


