Banijya News

फर्स्ट माइक्रोफाइनान्सद्वारा ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा

1
1.0K Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसपटक बोनस सेयर भने प्रस्ताव गरिएको छैन ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

1

Scroll to Top