सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो ।
उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेशकुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।



