सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीका अनुसार, शेयर खरिद गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा कम्पनीले कात्तिक ९ गतेदेखि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५८ रुपैयाँ तोकिएको छ । इच्छुक खरिदकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम उपलब्ध सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन फारामका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ । फाराम सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल–१, काठमाडौंस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ । आवेदनसँगै खरिद गर्न चाहेको शेयरको सम्पूर्ण रकम तथा लाग्ने शुल्कसमेत जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ ।
सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने आवेदकलाई प्राथमिकताका आधारमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । बोलपत्र कात्तिक १३ गते बिहान ११ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।


