Banijya News

मञ्जुश्री फाइनान्सले ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने

1
1.0K Shares

मञ्जुश्री फाइनान्स लिमिटेडले ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो । उक्त शेयरमा वार्षिक ८.७५ प्रतिशत लाभांश दर कायम गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, जारी गरिने उक्त सेयर अविमोच्य असञ्चिति अग्राधिकार सेयर हुनेछ । यस प्रकारको सेयरमा कम्पनीले मुनाफा आर्जन गरेको वर्षमा मात्र लाभांश वितरण गर्ने व्यवस्था रहनेछ । मुनाफा नभएको वर्षको लाभांश सञ्चित नहुने भएकाले त्यस्तो वर्ष लाभांश नदिए पनि आगामी वर्षमा त्यसलाई थपेर वितरण गर्नुपर्ने हुँदैन ।

फाइनान्सले उक्त अग्राधिकार सेयर सर्वसाधारणका लागि निष्काशन नगरी निजी तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ ।

1

Scroll to Top