नेपाली बजारमा दसैंपछि सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । कार्तिक ८ गते आइतबार सुनको भाउ प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत कार्तिक २ गते सोमबार सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदी प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भएको छ । गत कार्तिक २ गते सोमबार चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।


