Banijya News

डिप्रोक्स लघुवित्तद्वारा एससीटी कार्ड सेवा सुरु

1
1.0K Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौता भएसँगै डिप्रोक्स लघुवित्त एससीटी कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त रहेको संस्थाको दाबी छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच असोज ३० गते सम्झौता भएको हो ।
सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि वाणिज्य बैंक र विकास बैंकका ग्राहकसरह कार्ड सुविधा तथा आधुनिक डिजिटल भुक्तानी सेवा उपयोग गर्न पाउनेछन् ।

एससीटीले सञ्चालन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सञ्जालमार्फत डिप्रोक्सले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यले ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल भुक्तानी सेवा विस्तार गर्न सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ ।

1

Scroll to Top