Banijya News

माउन्टेन इनर्जीको २१.०५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

1
1.0K Shares

माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, आज कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन् ।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २० गते १३औँ वार्षिक साधारणसभा आह्‌वान गरेको छ । साधारण सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले उक्त लाभांश पाउनेछन् ।

1

Scroll to Top