Banijya News

सरकारले छ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब संकलन गर्ने

1
1.0K Shares

सरकारले आन्तरिक बजारबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गरेर उक्त रकम संकलन गर्ने भएको हो ।

कार्यालयका अनुसार, ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८९’ बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्र खरिदका लागि कात्तिक ११ गते बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ भने कात्तिक १२ गते निष्कासन गरिनेछ ।

उक्त ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकले समेत यस ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

1

Scroll to Top