स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावअनुसार शेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन् । यसमा करसमेत समावेश छ ।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि सञ्चालक समितिबाट स्वीकृत गरेको जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।


