Banijya News

सम्पदा लघुवित्तको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । लघुवित्तको संस्थापक सेयरधनी कृष्णबहादुर थापाको स्वामित्वमा रहेको उक्त परिमाणको संस्थापक शेयर बिक्री गरिने भएको हो ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसका लागि इच्छुक सेयरधनीले संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लिखित जानकारी गराउनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न इच्छुक रहेको लिखित जानकारी प्राप्त नभएमा प्रचलित व्यवस्थाअनुसार सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

1

Scroll to Top