अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो। स्वामित्वमा रहेको २ लाख कित्ता शेयर बिक्री गर्ने भएका छन् ।
कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको १–१ लाख कित्ता शेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन् । कम्पनीले दुवै शेयरधनीबाट असोज ३० गते निवेदन प्राप्त भएको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीका आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार शेयर बिक्री गर्ने मनसायबारे जानकारी गराइएको हो ।


